एक यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकाबाट बेलायत उडेको जहाज बीचबाटै फर्कियाे

हेल्थपोस्ट नेपाल

अमेरिकाबाट बेलायतका लागि उडेको जहाज एकजना यात्रुले मास्क लगाउन नमानेपछि बीचबाटै फर्किएको छ।

फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेकाे अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काइएकाे अमेरिकी सञ्चारमाध्यम दि न्युयाेर्क टाइम्सले जनाएकाे छ।

बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु थिए। परिचारिकाले मास्क लगाउन पटक-पटक आग्रह गर्दा पनि ती यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनु परेको एअरलाइन्सले विज्ञप्तिमा जनाएकाे छ।

विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकन एयरलाइन्सले मास्क लगाउन नमान्ने यात्रुलाई आउँदा दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने घाेषणा गरेकाे छ।

 



Leave a Reply

Your email address will not be published.