उपत्यकामा मात्रै थपिए ६ हजार ९८१ संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांक अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अहिले नेपालमा सक्रिय संक्रमितकाे संख्या ५७ हजार ३२८ पुगेकाे मन्त्रालयले जनाएकाे छ।

याे अवधिमा काेराेना संक्रमणका कारण थप चारजनाले ज्यान गुमाएकाे छन् भने ६४९ जना निकाे भएका छन्।



Leave a Reply

Your email address will not be published.