एकैदिन १२ हजार ३३८ जनामा संक्रमण पुष्टि, संक्रिय संक्रमित पुगे ५७ हजार

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे विवरण अनुसार २१ हजार ७ जनाको पिसिआर परीक्षणमा १० हजार ५२ तथा ६ हजार ४ सय ९० एन्टिजेन परीक्षणमा २ हजार २ सय ८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन्। साथै याे अवधिमा थप चारजनाले संक्रमणका कारण ज्यान गुमाएकाे मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या ५७ हजार ३ सय २८ पुगेकाे छ।



Leave a Reply

Your email address will not be published.