त्रिविका सबै परीक्षा स्थगित

हेल्थपोस्ट नेपाल

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका जारी बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित भएका छन्।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

शुक्रबार र शनिबारका लागि तय भएका प्रवेश परीक्षा भने यथावत रहने आज जारी सूचना उल्लेख छ। त्रिविमा शुक्रबार बीएस्सी र शनिबार बीबीए तथा बीसीएको प्रवेश परीक्षा हुँदै छ।



Leave a Reply

Your email address will not be published.