भारतमा कोरोना संक्रमण तीव्र, आठ महिनापछि एकैदिन थपिए ३ लाख बढी

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा आठ महिनापछि पुन: कोरोनाको दैनिक संक्रमित संख्या ३ लाखभन्दा बढी पुगेको छ। गत २४ घण्टामा भारतमा ३ लाख १७ हजार ५३२ नयाँ संक्रमित थपिएका छन् भने ४९१ जनाको मृत्यु भएको छ।

सोही अवधिमा २ लाख २३ हजार ९९० संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल भारतमा १९ लाख २४ हजार ५१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

आठ महिनापछि ३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। यसअघि १५ मे २०२१ मा ३ लाख ११ हजार ७७ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै भारतमा ओमिक्रोन संक्रमितको संख्या ९ हजार २८७ पुगेको छ।

 



Leave a Reply

Your email address will not be published.