सरकारले घटायाे कोरोना परीक्षण शुल्क

काठमाडौं – सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अन्यका लागि ८०० रुपैयाँ ताेकिएकाे छ। यसअघि यो शुल्क एक हजार थियो।
यस्तै निजी प्रयोगशालाहरुमा पिसिआर परीक्षणको शुल्क १५०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि यो शुल्क २ हजार थियो।