एकैदिन ११ हजार ३५२ संक्रमित थपिए, ४ जनाकाे मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २३ हजार ४ सय ९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार याे अवधिमा ६ सय १३ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु भएको छ।