फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

पेरिस–फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा संक्रमण देखिएको हो।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गत २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो।फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको अधिकारीहरुको भनाइ छ। यहाँका स्वास्थ्यमन्त्रीले अहिले करिब चार हजार जना संक्रमित आइसीयूमा भर्ना भएको जनाएका छन्।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएको पनि जानकारी दिइएको छ। फ्रान्समा पछिल्लो सयममा दिन प्रतिदिन कोभिडका संक्रमित बढेका छन्। फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन्।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ।



Leave a Reply

Your email address will not be published.