कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित सपरिवारमा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनले आफूसहित परिवारका सबै सदस्यमा संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

शर्माले ८ महिनापछि फेरि सपरिवार संक्रमित भएको बताएका छन्। शर्माले चिकित्सकको परामर्शअनुसार औषधि खाइरहेको र आइसोलेसन बसेको जानकारी दिएका छन्।

‘८ महिनापछि फेरि सपरिवार संक्रमित! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु। लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR, आज सबैको रिपोर्ट पोजेटिभ। चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन। एकसातामा फर्किन्छु काममा। भेट र सम्पर्क असुविधाप्रति सबैसंग बिनम्रतापुर्वक क्षमा चाहन्छु!’, उनले लेखेका छन्।



Leave a Reply

Your email address will not be published.