भारतमा फेरि बढ्यो कोरोना संक्रमण, करिब २ लाख ८३ हजार थपिए

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या मंगलबारको तुलनामा ४४ हजार ८८९ ले बढी हो। गत मंगलबार २ लाख ३८ हजार १८ जनामा संक्रमण पुष्टि भएको थियो।

सोही समयमा ४४१ संक्रमितको मृत्यु भएको छ भने १ लाख ८८ हजार १५७ संक्रमित संक्रमणमुक्त भएका छन्।

भारतमा सक्रिय संक्रमितको कुल संख्या १८ लाख ३१ हजार पुगेको छ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३ करोड ७९ लाख १ हजार २४१ पुगेको छ। जसमध्ये ३ करोड ५५ लाख ८३ हजार ३९ ठीक भएका छन् भने ४ लाख ८७ हजार २०२ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या ८ हजार ९६१ पुगेको छ।



Leave a Reply

Your email address will not be published.