एकैदिन थपिए १० हजारबढी कोरोना संक्रमित, सक्रियको संख्या ३९ हजार ४४ पुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२ हजार ८२८ नमुना परीक्षणमा १० हजार २५८ जनामा संक्रमण देखिएको हो।

सोही समयमा ५६२ संक्रमित संक्रमणमुक्त भएका छन् भने एकजना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ। जसमध्ये होम आइसोलेसनमा ३७ हजार ८२६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार २१८ संक्रमित रहेका छन्। १५१ को आइसियु र २८ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ९ लाख ७२ हजार १९८ पुगेको छ। जसमध्ये ८ लाख १७ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ६२४ संक्रमितको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published.