भारतमा लगातार तेस्रो दिन कोरोना संक्रमितको दैनिक संख्यामा कमी

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा लगातार तेस्रो दिन कोरोनाको दैनिक संक्रमणको संख्यामा कमी आएको छ। गत २४ घण्टामा २ लाख ३८ हजार १८ संक्रमित थपिएका छन्। यसअघि गत आइतबार २ लाख ५८ हजार र शनिबार २ लाख ७१ हजार संक्रमित थपिएका थिए। यो संख्या सोमबार भेटिएका मध्ये २० हजार ७१ ले कम हो।

पछिल्लो २४ घण्टामा १ लाख ५७ हजार ४२१ संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ करोड ५३ लाख ९४ हजार ८८२ पुगेको छ।

सोही समयमा ३१० संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ४ लाख ८६ हजार ७६१ पुगेको छ।

भारतमा हाल १७ लाख ३६ हजार ६२८ सक्रिय संक्रमित रहेका छन्।

यस्तै ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ८९१ पुगेको छ।



Leave a Reply

Your email address will not be published.