५४७ जना संक्रमणमुक्त हुँदा ६,७३४ संक्रमित थपिए, ३ काे निधन

हेल्थपोस्ट नेपाल

काठमाडाैं – पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे विवरण अनुसार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लाे २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छने् भने याे अवधिमा थप तीनजनाको निधन भएको छ।

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितकाे संख्या ३० हजार ८ सय ७७ पुगेकाे छ।

याे अवधिमा देशभर १ लाख ४३ हजार ३ सय ६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ।



Leave a Reply

Your email address will not be published.