आजदेखि काठमाडौंमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौंमा आजदेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सुरु भएको छ। आइतबारदेखि नै दिने बताइए पनि तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो।

पहिलो चरणमा अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिइँदैछ। जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विमानस्थलभित्र र एयरलायन्सका कर्मचारीलगायत छन्।

काठमाडौंका १७ केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

बुस्डर डोज लगाइने केन्द्रहरु

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, विरेन्द्र सैनिक अस्पताल छाउनी, नयाँ बसपार्क, शुभेच्छा अस्पताल सीतापाइला, नोबेल अस्पताल सिनामंगल, निजामती अस्पताल नयाँबानेश्वर, एपेक्स पोलिक्लिनक जडिबुटी,
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी।



Leave a Reply

Your email address will not be published.