पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ। आज गरिएको पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएको हो।

मन्त्रीलाई कोरोना संक्रमण देखिएपछि आज तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ।

मन्त्री आलेले आइतबार पशुपति धर्मशालाको निरीक्षण गरेका थिए।



Leave a Reply

Your email address will not be published.