थप ४९६१ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार ६ सय

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपालमा गएको २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार १ सय ३१ नमुना परीक्षण गर्दा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोना संक्रमणका कारण थप तीनजनाको ज्यान गएको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो अवधिमा ५४ हजार ३ सय १२ जनाले खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.