थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २१ हजार ५८४

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ५५६ नमुना परीक्षणमा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो।

१० हजार ४१२ पिसिआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ को एन्टिजेन परीक्षणमा ९३३ जनामा संक्रमण देखिएको हो।

सोही समयमा ३५० संक्रमित संक्रमणमुक्त भएका छन् भने चारजनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित हुनेको कुल संख्या ९ लाख ५० हजार २४५ पुगेको छ। जसमध्ये ८ लाख १६ हजार ३ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ६१७ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर २१ हजार ५८४ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा २० हजार ५३६ र संस्थागत आइसोलेसनमा १ हजार ४८ रहेका छन्। ११९ संक्रमितको आइसियुमा र २६ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *