कोभिड नियन्त्रणमा सबै दलले भूमिका खेल्नुपर्छ : देउवा

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको जीवन बचाउने काममा सबै दलले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको ध्यानाकर्षणपत्र बुझ्दै देउवाले भने, ‘कोभिडबाट जनताको जीवन बचाउने महत्वपूर्ण पक्ष हो। त्यसमा सरकारसहित सबै दलले पनि भूमिका खेल्नुपर्छ।’

उनले कोभिड नियन्त्रण र रोकथाममा सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताए।

‘सरकारले आफ्नो कोसिस गरिरहेको छ। सीमा नाका नियन्त्रण लगायत सुरक्षाका आवश्यक प्रबन्ध अपनाउन हामी लागिरहेका छौं,’ उनले भने, ‘खोपलाई प्रभावकारी बनाउका लागि सरकार लागि रहेको छ।’

उनले कोभिड १९ को संक्रमणबाट बँच्नका लागि सचेतना फैलाउनेदेखि सबै सचेत हुनुपर्ने बताए।

एमालेले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बनाउने विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *