एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको बताएका हुन्।

‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेसनको यात्रा आरम्भ भयो।’, उनले भनेका छन्।

पछिल्लो समय शीर्ष नेताहरुलाई कोरोना संक्रमण धेरै देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, मातृकाप्रसाद यादवलगायतमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। शिक्षामन्त्री देवेन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण देखिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *