कोरोना संक्रमित भएपछि के खाने, के नखाने?

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना संक्रमण हुँदा वा शरीरमा कोरोनाका लक्षण देखा पर्दा हाम्रो शरीरको आवश्यकता पनि परिवर्तन हुन्छ र पहिलेभन्दा धेरै र उचित पोषण चाहिन्छ। त्यसैले कोरोनाको लक्षण देखिनेबित्तिकै आफ्नो आहार परिवर्तन गर्नुपर्छ। खानेकुराहरू यस्तो हुनुपर्छ कि जसले रोग प्रतिरोधात्मक क्षमता बढाओस्।

के खाने?

-भिटामिन ए, बी६, बी१२, सी, इ को लागि दूध, माछा, मेवा र अन्य फलफूल
-कोरोना संक्रमित हुँदा शरीरलाई प्रोटिन चाहिन्छ। त्यसैले अण्डा, कुखुराको मासु, दाल र पनिर खानुस्।
-पालक, काउली र ब्रोकाउली खानुस्।
-दिनमा कम्तिमा ८-१० कप पानी पिउनुस्।
-पानीबाहेक हाइड्रेशनको लागि रसदार फलफूल र तरकारीहरू खानुहोस्।
-अदुवा र तुलसीको पात भएको पानी दिनमा ३–४ पटक पिउनुपर्छ।
-तपाईंको मुखको स्वाद फिर्ता ल्याउन र पाचनमा मद्दत गर्न दिनको ३-४ पटक ४/५ किसमिस खानुहोस्।

के नखाने?

-बोसो र तेल कम खानुपर्छ। रातो मासु, क्रिम, बटर र चिज नखाने।
-रातो मासुको सट्टा कुखुराको मासु जस्तै सेतो मासु खानुहोस्। प्रशोधित मासुबाट पनि टाढा रहनुहोस्।
-कम फ्याट डेरी उत्पादनहरू मात्र छनौट गर्नुहोस्, उच्च फ्याटहरू नखानुहोस्।
-सोडियम बढी भएको खानेकुरा नखानुहोस्।
-चिसो, मसलादार, धेरै मीठो र अमिलो खानेकुराबाट टाढा रहनुपर्छ।
-बिस्कुट वा कुकीजको सट्टा ताजा फलफूल खानुहोस्।
-बाहिरको खाना नखाने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *