पोल्यान्डमा भेटियो कोभिड-१९ भन्दा खतरनाक जिन

हेल्थपोस्ट नेपाल

काठमाडौं – पोल्यान्डका वैज्ञानिकहरूले कोभिड-१९ भन्दा दोब्बर बढी खतरनाक जिन फेला पारेका छन्। यो जिनले पोल्यान्डमा एक लाखभन्दा बढीको ज्यान लिइसकेको पनि पत्ता लागेको छ।

मेडिकल युनिभर्सिटी अफ बियाविस्टकका वैज्ञानिकहरूले पत्ता लगाएको यो जिन कुनै पनि बिमारीलाई जटिल अवस्थामा लैजान सहयोगी बन्ने गरेको पनि फेला परेको छ। वैज्ञानिकहरूका अनुसार यो जिनले कोभिड-१९ का कारण मृत्यु हुने सम्भावना पनि अत्यधिक बनाउँछ। यो जिनलाई आगामी जुनसम्ममा विस्तृत परीक्षण गर्ने तयारीमा वैज्ञानिक छन्।

उक्त जिन पोल्यान्डको १४ र युरोपको नौ प्रतिशत जनसंख्यामा पाइएको वैज्ञानिकहरूले बताएका छन्। उमेर, तौल र लिंगपछि यो जिन बिरामीलाई गम्भीर अवस्थामा पुर्याउने चौथो कारण रहेको पाइएको छ।

अध्ययन टोलीका प्रमुख मार्सिन मोनियुस्कोका अनुसार १ हजार ५०० जनामा गरिएको परीक्षणपछि यो निष्कर्ष निस्केको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *