भारतमा एकैदिन थपिए २ लाख ६८ हजार ८३३ कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ८३३ कोरोना संक्रमित थपिएका छन्। यो संख्या शुक्रबारको तुलनामा ४ हजार ६३१ ले बढी हो। यो संगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार ९६२ पुगेको छ।

जसमध्ये ३ करोड ४९ लाख ४७ हजार ३९० संक्रमणमुक्त भएका छन‍् भने ४ लाख ८५ हजार ७५२ को मृत्यु भइसकेको छ। भारतमा हाल १४ लाख १७ हजार ८२० सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ४०२ जनाको मृत्यु भएको छ। सोही समयमा १ लाख २२ हजार ६८४ संक्रमित संक्रमणमुक्त भएका छन्।

ओमिक्रोन संक्रमितको संख्या ६ हजार ४१ पुगेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *