पाटन अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – पाटन अस्पतालमा शुक्रबारदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन तथा अस्पतालका निर्देशक डा. रवि शाक्यले संयुक्त रुपमा सो सेवाको उद्घाटन गरेका हुन्। महानगपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए।

डा. शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए । प्रतिष्ठानका उपकुलपति डा. राजेशनाथ गोगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामर्थ्यले भ्याएसम्म बिरामीको सेवा गरेको बताए।

गत माघ महिनामा महानगरपालिकाले सो प्लान्ट खरिदका लागि अस्पताललाई रु १ करोड दिएको थियो। अक्सिजन प्लान्टको क्षमता दैनिक २२० प्रतिसिलिण्डर उत्पादन गर्न सक्ने रहेको छ।



Leave a Reply

Your email address will not be published.