२४ घण्टामा थपिए ५०८७ संक्रमित, ३ जनाकाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडों – पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमणमुक्त भएका छन् भने याे अवधिमा थप ३ जनाको निधन भएको छ। हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या १८ हजार २३ पुगेकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *