डब्लुएचओले दुई औषधिलाई कोरोना उपचारका लागि गर्‍यो सिफारिस

हेल्थपोस्ट नेपाल

काठमाडौं – विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले संक्रमणलाई तिव्रता दिइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई औषधिलाई कोरोना उपचारका लागि प्रयोग गर्न सकिने गरी सिफारिस गरेको छ।

ब्रिटिस मेडिकल जर्नल ‘द बीएमजे’का अनुसार डब्लुएचओका विज्ञहरूले कोर्टिकोस्टेरोइडसँग प्रयोग गरिने बाथ रोगको औषधि ब्यारिसिटिनिब गम्भीर कोरोना बिरामीहरूको उपचारका लागि राम्रो साबित भएको र भेन्टिलेटरको आवश्यकता घटाएको बताए। यो औषधिको प्रयोगले गम्भीर बिरामीको बाच्ने सम्भावना पनि बढाएको उल्लेख गरिएको छ।

यसबाहेक, विशेषज्ञहरूले सिन्थेटिक एन्टिबडी उपचार सोट्रोभिमाब सिफारिस गरेका छन्। यो गम्भीर नभएका तर अस्पताल भर्ना हुने सम्भावना उच्च भएका समूहका लागि सिफारिस गरिएको हो। यो वृद्ध र मधुमेह जस्ता दीर्घकालीन रोग लागेकाहरुका लागि प्रभावकारी साबित हुन सक्ने डब्लुएचओले जनाएको छ। यो प्रयोगशालाद्वारा निर्मित यस्तो कम्पाउण्ड हो जसले शरीरमा रहेको एन्टिबडीजस्तै नकल गरेर काम गर्दछ।

यी दुवै औषधि एकैपटक नलिन भने चिकित्सकले सुझाव दिएका छन्।

 

 

 



Leave a Reply

Your email address will not be published.