कोरोना परीक्षण ‘नेगेटिभ’ आएपछि देउवाले बोलाए मन्त्रिपरिषद बैठक

हेल्थपोस्ट नेपाल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। दुई पटकको पिसिआर परीक्षणमा कोरोना ‘नेगेटिभ’ आएपछि देउवाले बैठक बोलाएका हुन्।

बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक आजका लागि बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवा बताए। बैठक ३ बजेका लागि बोलाइएको छ।

बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले गरेको सिफारिसलगायत नियमित काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ।



Leave a Reply

Your email address will not be published.