नेकपा एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ। पोखरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

संक्रमण पुष्टि भएसँगै उनी आइसोलसनमा बसेका छन्।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो,’ पोखरेलले सामाजिक सञ्जाल फेसबकुमा लेखेका छन्।

संक्रमण पुष्टि हुनुअघि पोखरेल पार्टीको जिल्ला अधिवेशनहरूमा सहभागी भएका थिए।

केही दिनअघिमात्र उनी प्रदेश २ को सिरहा, पर्सालगायतका जिल्लामा जिल्ला अधिवेशनमा सहभागी भएर फर्किएका हुन्।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूमा संक्रमण देखिएपछि उनीहरू होम आइसोलेसनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *