भारतलाई चेतावनी दिँदै संयुक्त राष्ट्रसंघले भन्यो : गत वर्षको जस्तो अवस्था सिर्जना हुनसक्छ

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो सङ्क्रमणका बीच भारत फेरि त्यही खतरातर्फ अघि बढिरहेको छ, जुन गत वर्ष देखिएको थियो। यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघले भारतलाई चेतावनी दिएको छ। रिपोर्टमा भनिएको छ कि, ‘भारतमा गत वर्ष अप्रिल-जुनमा कोरोनाको डेल्टा भेरियन्टका कारण २ लाख ४० हजार मानिसको मृत्यु भएको थियो। फेरि भारतमा यस्तै अवस्था सिर्जना भएको छ। त्यसैले भ्रममा पर्नु आवश्यक छैन।’

‘ग्लोबल इकोनोमिक सिचुएसन एण्ड प्रोस्पेक्ट्स’ (WESP) फ्ल्यागशिप रिपोर्टले कोरोनाको अत्यधिक संक्रामक ओमिक्रोन रूपका कारण संक्रमणको नयाँ लहर सुरु भएको उल्लेख गरेको छ। तसर्थ, यो महामारीले फेरि एक पटक आर्थिक अवस्था र मानवलाई असर गर्न सक्ने बताइएको छ।

संयुक्त राष्ट्र संघका आर्थिक तथा सामाजिक मामिलाका उप-महासचिव लिउ जेनमिनले विश्वव्यापी सहयोगबिना कोभिड–१९ विरुद्ध लड्न सम्भव नहुने पनि बताए। जबसम्म खोप सबैमा पुग्दैन, महामारी विश्वव्यापी अर्थतन्त्रको पुन: प्राप्तिको लागि सबैभन्दा ठूलो खतरा रहने उनले बताए।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *