छिमेकी देश भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था, एकैदिन थपिए २ लाख ६४ हजार

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार २०२ जनामा संक्रमण पुष्टि भएको छ। गत बिहीबार २ लाख ४७ हजार ४१७ कोरोना संक्रमित थपिएका थिए। यो संख्या बिहीबारभन्दा १६ हजार ७८५ ले बढी हो।

भारतमा कोरोना संक्रमण दर १४.७८ प्रतिशत रहेको छ। सोही समयमा १ लाख ९ हजार ३४५ संक्रमित संक्रमणमुक्त भएका छन्। भारतमा हाल सक्रिय संक्रमितको संख्या १२ लाख ७२ हजार ७३ रहेको छ।

पछिल्लो २४ घण्टामा ३१५ संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा ४ लाख ८५ हजार ३५० पुगेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *