देउवाको दोस्रो पिसिआर रिपोर्ट पनि निगेटिभ

हेल्थपोस्ट नेपाल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट निगेटिभ आएको छ। दोस्रोपटक पसिआर गराएका उनको रिपोर्ट निगेटिभ आएको हो।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि देउवाले दोस्रोपटक स्वाब परीक्षण गराएका थिए।

अघिल्लो रिपोर्ट निगेटिभ आए पनि प्रधानमन्त्री निवासका केही सुरक्षा अधिकारी र भान्छेमा संक्रमण पुष्टि भएपटि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

उनको दोस्रो रिपोर्टसमेत निगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संक्रमण देखिएपछि देउवाले चार दिनअघि पहिलोपटक कोरोना परीक्षण गराएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *