३५ सय ५३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १४ हजार

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *