त्रिवि शिक्षण अस्पतालका ६० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जनामा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए।

उनीहरु अहिले घरमै आराम गरिरहेका र सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको काफ्लेले जानकारी दिए। अस्पतालमा जोखिम बढेपछि उपचारका लागि आउने बिरामीलाई पनि अहिले कोरोना परीक्षणपछि मात्र भर्ना लिन थालिएको र अस्पताल प्रवेश दिइएको उनले बताए।

अधिकांश स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवासमेत प्रभावित बनेको डा. काफ्लेले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *