काभ्रेमा बढ्यो कोरोना सङ्क्रमण

हेल्थपोस्ट नेपाल

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ। जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन्।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका हुन्। पिसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो। बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको छ। कूल सङ्क्रमितमध्ये ९७ दशमलब ८३ प्रतिशत अर्थात् १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन्।



Leave a Reply

Your email address will not be published.