२४ घण्टामा ३०७५ मा कोरोना संक्रमण, थप दुईजनाकाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा २७८ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा थप दुई जनाले ज्यान गरको छ। देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १५ सय ३८ जना छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *