‘बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोधी क्षमता कमजोर बनाउँछ’

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोभिडविरुद्ध दिइने बारम्बारको ‘बुस्टर डोज’ले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली युनियन अन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकाय युरोपेली मेडिकल निकायले चेतावनी दिएको छ।

लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरूलाई अनुरोध गरेको छ। ‘हरेक चार महिनामा बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ।

ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेका छन्। यसै समयमा उक्त निकायले सुझाव सार्वजनिक गरेको हो। अहिले युरोपपछि अमेरिकामा संक्रमितको संख्या तीव्र बढेको छ।

अहिले विश्वका धेरै मुलुकहरुमा बुस्टर डोजको आवाज उठिरहेको छ। यसै महिनाको सुरुमा इजरायलले आफ्ना देशका ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो भने बेलायतले दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ।



Leave a Reply

Your email address will not be published.