कोरोना भाइरसले हावामा संक्रमण फैलाउने क्षमता गुमाइसक्यो : अध्ययन

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोनाका भाइरसले हावामार्फत् संक्रमण फैलाउने क्षमता ९० प्रतिशत गुमाइसकेको अध्ययनहरुले देखाएका छन्। हावामा भाइरस कतिबेरसम्म रहनसक्छ भनेर गरिएको अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो।

तर, छोटो दूरीमा कोभिड सर्न सक्ने भन्दै भौतिक दूरी कायम गर्न र मास्क लगाउन पनि अध्ययनले सुझाव दिएको छ। यस्तै, भेन्टिलेसन भएको तथा खुला स्थानमा पनि भाइरसले कम प्रभाव पार्नसक्ने उल्लेख गरिएको छ।

‘सबैभन्दा बढी खतरा मानिसको नजिकै जाँदा हुन्छ,’युनिभर्सिटी अफ ब्रिस्टोलको एयरोसेल रिसर्च सेन्टरका निर्देशक जोनाथन रिड भन्छन्, ‘जब तपाईहरु अझै टाढा जानुहुन्छ, समयका कारण भाइरसले आफ्नो क्षमता गुमाइसकेको हुन्छ र संक्रमण हुने सम्भावना कम हुन्छ।’

हालसम्म अमेरिकी अनुसन्धानकर्ताहरुले भाइरसहरु हावामा तीन घण्टासम्म रहनसक्ने बताएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *