गण्डकी प्रदेशले माग्यो नवौं तहका लागि विभिन्न पदमा २५ स्वास्थ्यकर्मी (विज्ञापनसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं – प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले नवौं तहका लागि विभिन्न पदमा २५ स्वास्थ्यकर्मीको माग गरेको छ। आयोगले आज सूचना प्रकाशित गर्दै नर्सिङ प्रशासक, जनस्वास्थ्य प्रशासक, मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य प्रशासक, कनसल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अब्सट्रेस्टिसियन, कन्सल्टेन्ट सर्जन, अर्थोपेडिक सर्जन, साइक्याट्रिस्ट, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, कन्सल्ट्यान्ट जनरल फिजिसियन, कन्सल्ट्यान्ट जनरल रेडियोलोजिस्ट र कन्सल्ट्यान्ट प्लाथोलोजिस्टमा कुल २५ जनाको माग गरेको हो।

उक्त पदहरुमा अनलाइनमार्फत माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म आवेदन दिनसकिने आयोगले जनाएको छ।

विज्ञापन-



Leave a Reply

Your email address will not be published. Required fields are marked *