आठ साताभित्र आधा युरोप कोरोना संक्रमित हुने डब्लूएचओको चेतावनी

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठनले आगामी आठ साताभित्र आधा युरोप कोरोना संक्रमित हुने चेतावनी दिएको छ।

ओमिक्रोन भेरियन्ट युरोपेली मुलुकहरूका तीव्र गतिमा प्रसार भइरहेको उल्लेख गर्दै डब्लूएचओले यस्तो चेतावनी दिएको हो। जनवरी पहिलो साता नै युरोपमा ७० लाख नयाँ संक्रमित फेला परेका छन्। सोही आधारमा आठ साताको प्रक्षेपण गरिएको हो।

दुई साताभित्रै कोरोना संक्रमण दुई गुणाभन्दा बढी भएको छ। पहिले नै डेल्टा भरियन्टले दुःख दिइरहेको र त्यसमा ओमिक्रोन थपिँदा समस्या जटिल बन्दै गएको स्वास्थ्य विशेषज्ञ डा. हेन्स क्लजले बताए।

डेल्टा भेरियन्टबाट पार पाउँदै गरेका मुलुकले तीव्र गतिमा फैलिने ओमिक्रोनको सामना गर्नुपरेको उनको भनाइ छ। तथापि, डेल्टाजति खतरनाक ओमिक्रोन देखिएको छैन। हालसम्म यसबाट जटिल स्वास्थ्य समस्या देखिएको छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *