भारतमा कोरोनाको दैनिक संक्रमण २ लाखनजिक, मृतक संख्या पनि बढ्दै

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा फेरि एकपटक कोरोना भाइरसको दैनिक संक्रमणमा ठूलो उछाल आएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ९४ हजार ७२० नयाँ केस थपिएका छन्। जुन मंगलबारको तुलनामा १५.९ प्रतिशत बढी हो। भारतमा कोरोना संक्रमण दर ११.०५ प्रतिशत पुगेको छ।

नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कुल संख्या ४ हजार ८६८ पुगेको छ। यसका अधिकांश केसहरू महाराष्ट्र र राजस्थानमा छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका शीर्ष ५ राज्यमा महाराष्ट्र शीर्ष स्थानमा छ। महाराष्ट्रमा ३४ हजार ४२४, दिल्लीमा २१ हजार २५९, पश्चिम बंगालमा २१ हजार ९८, तमिलनाडुमा १५ हजार ३७९ र कर्नाटकमा १४ हजार ४७३ संक्रमित थपिएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा थप १६५ संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७८ पुगेको छ।

सोही समयमा ६० हजार ४०५ संक्रमित संक्रमणमुक्त भएका छन्। योसंगै संक्रमणमुक्त हुनेको कुल संख्या ३ करोड ४६ लाख ३० हजार ५३६ पुगेको छ। भारतमा हाल ९ लाख ५५ हजार ३१९ संक्रिय संक्रमित रहेका छन्।

भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या भने ३ करोड ६० लाख ७० हजार ५१० पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *