वीरको निर्देशकमा डा.लोहनी, औषधि व्यवस्था विभागमा भट्टराई, ६ जनाको जिम्मेवारी हेरफेर

स्वास्थ्य मन्त्रालय अन्तर्गत कोभिड यूनिफाइड अस्पताल वीरसहित औषधि व्यवस्था विभागलगायत मन्त्रालय अन्तर्गतका महत्वपूर्ण महाशाखा र केन्द्रको नेतृत्वमा हेरफेर भएको छ।

मन्त्रालय कर्मचारी प्रशासन महाशाखा स्रोतकाअनुसार मन्त्रीस्तरीय निर्णयबाट १२औं र ११औं तहका जनशक्तिको जिम्मेवारी हेरफेर भएको हो।

जसअनुसार वीर अस्पताल कोभिड युनिफाइड अस्पतालका निर्देशकको जिम्मेवारी डा. गुणराज लोहनीले पाएका छन्।

लोहनीले जिम्मेवारी पाएसँगै निमित्त निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत स्वतः जिम्मेवारीविहीन भएका छन्।

वीरमा १२औं तहको जिम्मेवारी रहेको अवस्थामा मन्त्रालयमा हालै बढुवा भएका लोहनीलाई सो जिम्मेवारी दिइएको हो।

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईले जिम्मेवारी पाएका छन्।

केही महनाअघि मात्रै महानिर्देशक बनेका नारायण ढकाललाई औषधि प्रयोगशालामा सरुवा गरिएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन्। हालका निर्देशक डा.प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ।

कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा. रविन खड्कालाई वीरमा सरुवा गरिएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. सञ्जय ठाकूरले पाएका छन्। त्यहाँ कार्यरत डा. सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *