त्रिशुली अस्पतालमा भएको आक्रमणका दोषीमाथ कारबाही गर्न संघको माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल चिकित्सक संघले त्रिशुली अस्पतालमा यही पुस २६ गते उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल नै तोडफोड गर्ने तथा चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरिएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

संघले विज्ञप्ति जारी गरी बिरामीको उपचारका क्रममा मृत्यु हुने घटनालाई अतिरञ्जित गरी लापरवाहीका कारण भनी स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुमाथि नै सांघातिक आक्रमण गर्नेजस्ता घटनाको जति भत्र्सना गरे पनि कमै हुने उल्लेख गरेको छ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उपचारका क्रममा सबै जनाको जीवन बचाउन सकिन्छ भन्ने हुँदैन। चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो क्षमता, योग्यता र अनुभवको आधारमा अधिकतम प्रयास गर्दागर्दै पनि मृत्युलाई रोक्न सक्ने आदित्य क्षमता नहुने व्यहोरा स्मरण गराउँदै यस घटनाका दोषीहरुको छानबिन गरी कानूनी कारबाही गर्न स्थानीय सुरक्षा निकायसमक्ष यस सघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

संघले यस्ता प्रकारका घटनाहरुको न्यूनीकरणका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संसोधन ऐन २०७८ अध्यादेशको रुपमा संसोधन भई ऐनको रुपमा आउने क्रममा रहेको पनि स्मरण गराएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *