काठमाडौं उपत्यकामा थपिए १२८६ संक्रमित, अन्य जिल्लामा कति संक्रमित?

हेल्थपोस्ट नेपाल

काठमाडौं

काठमाडौं उपत्यकाका तीन जिल्लामा १२८६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ संक्रमित थपिएका हुन्।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३५२१ पुगेको छ। हालसम्म काठमाडौंमा संक्रमितको कूल संख्या २ लाख ५९ हजार ४४२ पुगेको छ भने २२४२ जनाको मृत्यु भइसकेको छ।

भक्तपुरमा सक्रिय संक्रमितको संख्या ६९९ र कूल संक्रमितको संख्या ३० हजार ७ सय १० पुगेको छ। ललितपुरमा सक्रिय संक्रमित १०९० छन् भने कूल संक्रमितको संख्या ५२ हजार १ सय ५ पुगेको छ।



Leave a Reply

Your email address will not be published.