२,४४४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ९ हजार नाघ्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१४ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ३१३ जना निको पनि भएका छन् भने यो अवधिमा थप एकजनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय २२ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १२ सय ८६ जना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौंमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेकाे मन्त्रालयले जनाएकाे छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *