माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपालको सचिवालयले कोरोना संक्रमण भएको पुष्टि गरेको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा नै उनले आफूलाई आइसोलेट गरेका सचिवालयले जनाएको छ।

केही दिनअघि सम्पन्न माओवादी महाधिवेशनमा नेपाल पनि सहभागी भएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित थुप्रै नेता तथा कार्यकर्तालाई संक्रमण देखिएपछि नेपालले पनि कोरोना परीक्षण गराएका थिए। उनको परीक्षणको नतिजा आज आएको सचिवालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.