बंगलादेशमा कोरोनाबाट बच्न ११ बुँदे नयाँ निर्देशन जारी

हेल्थपोस्ट नेपाल

काठमाडौं – बंगलादेशमा पछिल्ला केही हप्तामा कोरोना संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ। ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ। यी निर्देशनहरुमा मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन्। पसल तथा सपिङ मलहरुमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ।

मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिने छ। त्यस्तै सभा समारोहहरु बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै होटल, रेष्टुरेन्टहरु रातिसम्म खोल्न नपाइने र उनीहरुले यात्रुलाई सेवा दिँदा आधामात्र क्षमतामा दिनुपर्ने बताइएको छ।

त्यस्तै होटल रेष्टुरेन्टमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जाहाजबाट यात्रा गर्दा पनि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ। बंगलादेशमा पनि पछिल्ला केही हप्तायता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको संक्रमण निकै बढेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *