कालीकोटमा १९ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप

हेल्थपोस्ट नेपाल

कालीकोट – कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोपको पहिलो मात्रा लगाइएको छ। लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो। यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्थामा कार्यक्रम सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भने, ‘१२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप दिएका छौं। खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौं।’

जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाइएको उनले जानकारी दिए। खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएको सूचना अधिकारी महतले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *