दिल्लीका सबै निजी कार्यालय बन्द गर्न आदेश

हेल्थपोस्ट नेपाल

काठमाडौं – दिल्लीको विपद व्यवस्थापन प्राधिकरणले सबै निजी कार्यालयहरू बन्द गर्न आदेश दिएको छ। दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलालाई मध्यनजर गरी विपद व्यवस्थापन प्राधिकरणले यस्तो निर्णय गरेको हो।

डिडिएमएको निर्देशनअनुसार आकस्मिक सेवाका लागि मात्रै निजी कार्यालयहरू सञ्चालन गर्न पाइनेछ। साथै छुटको श्रेणीमा रहेका निजी कार्यालयहरू पनि सञ्चालन हुनेछ।

निजी कार्यालयहरूलाई ‘वर्क फ्रम होम’ गर्न सुझाव दिइएको छ। दिल्लीका सबै रेस्टुरेन्ट र बारहरू पनि बन्द हुनेछ।

दिल्लीमा सोमबार १९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा १ लाख ६८ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *