गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

हेल्थपोस्ट नेपाल

काठमाडौं – लोकप्रिय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ। संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
समाचार एजेन्सी एएनआइले उनकी भतिजी रचनालाई उद्धृत गर्दै मंगेशकरलाई कोरोना संक्रमण भएको जनाएको छ।

संक्रमणपछि ९२ वर्षीया मंगेशकरलाई मुम्बइको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको छ।

उनी भारतरत्नबाट सम्मानित गायिका हुन्।

सन् २०१९ मा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला मंगेशकरको छातिमा इन्फेक्सन देखिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *