सुत्केरीको मृत्यु भएपछि त्रिशुली अस्पतालमा तोडफोड, आकस्मिकबाहेकको सेवा बन्द

हेल्थपोस्ट नेपाल

काठमाडौं – सुत्केरीको मृत्यु भएपछि त्रिशुली अस्पताल नुवाकोटमा तोडफोड गरिएको छ भने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ। उपचारका लागि आएकी नुवाकोटको विदुर नगरपालिका-७ की २७ वर्षीया सुत्केरी महिलाको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको थियो।

अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तहरुले अस्पतालको पेडियाट्रिक, इसिजी, सर्जरी, ओपिडी र फार्मेसीमा तोडफोड गर्नुका साथै अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले अत्याधिक रक्तश्राव भएकी सुत्केरीलाई बचाउन आफूहरुले हरसम्भव प्रयास गरे पनि असफल भएको र यसमा उपचारमा संलग्न चिकित्सकको कुनै दोष नभएको बताए। ‘बिरामीलाई बचाउन हरसम्भव प्रयास गरेका हौं, तर सकेनौं। यसमा चिकित्सकको कुनै दोष छैन। उहाँको नर्मल डेलिभरी नै भएको थियो तर, पछि अत्याधिक रक्तश्राव भयो।’

बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै अस्पतालले आकस्मिक बाहेकको सेवा बन्द गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *