सर्लाहीका सिडिओ र एसपीलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

जनकपुरधाम – सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कोरोना संक्रमण भएको छ। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंलाई कोरोना संक्रमण भएको हो।

आइतबार स्वाब परीक्षण गराएका दुवैजनाको सोमबार साँझ रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना संक्रमण देखिएपछि गौतम र प्रसाईं आ–आफ्नो निवासमा आइसोलेट भएका छन्।

सामान्य रूघाखोकी देखिएपछि प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला अस्पताल सर्लाहीमा स्वाब परीक्षण गराएका थिए। अधिकांश समय प्रमुख जिल्ला अधिकारीसँगै बस्नुपर्ने भएकाले एसपी प्रसाईंले पनि स्वाब परीक्षण गराएका हुन्।

‘रूघाखोकी भइरहेको थियो, ढुक्क हुन पिसिआर गर्न लगाएँ,’ गौतमले भने, ‘रिपोर्ट पोजिटिभ आएको छ। निवासमै आइसोलेट भएको छु।’

प्रमुख जिल्ला अधिकारी गौतमले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

प्रमुख जिल्ला अधिकारी गौतमलाई यसअघि पहिलो र दोस्रो लहरमा पनि कोरोना संक्रमण भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *